राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल

राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल नेकपा एमाले सम्बद्ध बिभिन्न जनसंगठनहरु मध्यकोे एक महत्वपुर्ण जनवर्गीय संगठन हो । स्वास्थ्य सेवा नागरिकको मौलिक  अधिकार हो भन्ने संबैधानिक व्यवस्थालाई आत्मसात गर्दै समतामूलक स्वास्थ्य सेवा प्रदान गर्न नेपाल भर स्वास्थ्य सेवामा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पेशागत हक, हित र मर्यादाको संरक्षण र सम्बर्धन गरी  स्वास्थ्य सेवालाई विशेष सेवाको रुपमा स्थापित गर्दै सम्मानयुक्त  बनाउन साथै स्वास्थ्यसंग सम्वन्धित सबै स्तर र समुहका स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारको लागी सम्पुर्ण स्वास्थ्यकर्मीहरुको एकीकृत संस्थाको रुपमा स्थापना भएको नेकपा एमालेर्को  जनबर्गिय संगठन हो । २०६२ जेष्ठ २७ गते राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नामबाट स्थापना भएको यस संगठन २०७८ चैत्र २६ गते काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट महासंघिय ढाँचामा गएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्तरको ट्रेड यूनियनको रुपमा स्थापना भएको संगठन थियो । 

२०६२ जेष्ठ २७ मा काठमाण्डौंमा सम्पन्न भएको भेलाले डा. विदुर वस्तीको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय कमिटिको गठन गरेको थियो ।यसको प्रथम महाधिवेशन २०६३ साल जेष्ठ २७ गते “स्वास्थ्य सेवा जनअधिकार हाम्रो सरोकार पेशागत सशक्तीकरणका लागि ट्रेड यूनियन अधिकार“ भन्ने नाराका साथ सम्पन्न भयो । दोश्रो महाधिवेशन २०६७ फाल्गुनको ६ र ७ गते “विचारमा स्वतन्त्रताः सेवामा आचार संहिता, स्वास्थ्य सेवामा आमुल सुधार, आजको आवश्यकता“ नाराका साथ काठमाडौमा सम्पन्न भयो । तेस्रो महाअधिवेशन २०७१ ।०८ ।१९,२० र २१ दाङ्गमा “पेशागत सशक्तीकरणका लागि आधिकारीक ट्रेड यूनियनः गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः हाम्रो अभियान” नाराका साथ दाङमा सम्पन्न भएको थियो । चौथो महाधिवेशन २०७८ चैत्र २५ देखि २७ सम्म काठमाडौंमा “सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिकको लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवध्दता“ नाराका साथ काठमाण्डौंमा सम्पन्न भयो ।

राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाललाई अंग्रेजीमा ल्बतष्यलब िँभमभचबतष्यल या ज्भबतिज एचयाभककष्यलबकि, ल्भउब िर छोटकरीमा यसलाई ल्ँइज्भ्ए, ल्भउब िभनिन्छ । बिधान बमोजिम “स्वास्थ्यकर्मी” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट संचालित स्वास्थ्य प्रविधि वा स्वास्थ्य सेवासम्वन्धी विषयमा कम्तीमा एक शैक्षिक तह उत्तिर्ण वा कुनैपनि स्वास्थ्य सेवा  सम्बन्धि विषयमा तालिम प्राप्त व्यक्तिलाई सम्झनु पर्दछ । “स्वास्थ्य संस्था” भन्नाले जनतालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्थापित स्वीकृति प्राप्त कुनै पनि सरकारी, निजी वा गैह्र सरकारी स्वास्थ्य संस्थालाई वा त्यस्तो स्वास्थ्यकर्मी उत्पादन गर्ने संस्थालाई बुझीन्छ । 

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।