detail-img

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,कर्णाली प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल कर्णाली प्रदेश कमिटीको सचिवालय बैठक भाद्र २४ गते बिरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । बैठक महासंघका प्रदेश कमिटी अध्यक्ष तथा सचिवालय संयोजक श्री अमर बहादुर राना ज्यु को अध्यक्षतामा नेकपा एमाले प्रदेश सभा सदस्य र प्रदेश स्वास्थ्य बिभाग प्रमुख माननीय कमरेड पदमा खडका ज्यु को प्रमुख आतिथ्यता, महासंघका केन्द्रिय सचीव श्री सुशील शाही तथा नेकपा एमाले सुर्खेत जिल्ला सचिवालय सदस्य र प्रचार बिभाग तथा स्वास्थ बिभाग प्रमुख श्री गङ्गाराम तिमिल्सिना ज्यु को बिशेश आतिथ्यता साथै महासंघका केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी तथा सचिवालय सदस्य,महासंघका  सुर्खेत जिल्ला पदाधिकारी लगायतका महानुभावहरुको उपस्थितिमा बसि महत्त्वपूर्ण निर्णय भएको छ ।