नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफू निकटका स्वास्थ्यकर्मीहरुलाई पूर्वाग्राही ढंगले राखी छानी छानी सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । उसले निर्णय तत्काल नसच्याए महासंघ सशक्त विरोधमा उत्रने चेतावनी दिएको छ । महासंघका महासचिव डा सन्तोष पौडेलले शुक्रबार विज्ञप्ती जारी गर्दै देश निर्वाचनमा होमिएको बेला र आचारसंहिता लागू हुने बेलामा महासंघमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई सरुवा तथा काजफिर्ता गरेको बताए । थप जानकारीका लागि ःhttps://www.nepalpress.com/2022/09/10/233219/?fbclid=IwAR2sQiQ7mTrazWYmzti45mfuGuJirLfYzIOABNH-oYFYPhxcOYEOd651SHY