नेकपा एमाले पार्टीको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा पार्टीका श्रद्धेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओली ज्यूलाई मंसीर ४ गते सम्पन्न निर्वाचनमा झापा जिल्ला क्षेत्र नं.५ बाट प्रतिनिधी सभा सदस्यमा सर्वाधिक जनमतकासाथ निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष डा.झलक शर्मा गौतम,उपाध्यक्ष भिम राज सिंह,शारदा खनाल,जगत नेपाली,महासचिव डा.सन्तोष पौडेल,उप महासचिव हिमालय तिवारी,अमृता बराल,सचिव सिद्ध प्रसाद ढुंगाना,कोषाध्यक्ष अन्जु बस्नेत,सचिवालय सदस्य,विभिन्न विभाग तथा घटक संघका पदाधिकारी लगायत संघका केन्द्रिय सदस्य तथा उपत्यकामा रहनुभएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सामुहिक उपस्थितीमा आज अध्यक्ष निवास बालकोट भक्तपुरमा प्रत्यक्ष भेट गरि बधाई ज्ञापन गरेको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय अध्यक्ष डा.झलक शर्मा गौतम ज्यूले २०७९ मंसीर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन आफ्नो कार्य क्षेत्र तथा मतदान क्षेत्रमा व्यापक परिचालन हुनुभएका महासंघका सदस्यहरुलाई हार्दिक धन्यवाद दिदै प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका उम्मेदवारहरुलाई सम्बन्धित क्षेत्रका केन्द्रिय कमिटी पदाधिकारी,प्रदेश कमिटी,जिल्ला कमिटी तथा विभिन्न स्थानीय तह कमिटीका पदाधिकारी तथा सदस्यहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्य गरेको जानकारी गराउनुभयो ।